Logo

समाचार

२२ लाख रुपैयाँ नगदसहित एक पक्राउ



काठमाडौं । प्रहरीले कास्की पोखराबाट २२ लाख नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

कास्कीबाट प्रहरीले स्रोत नखुलेको २२ लाख रूपैयाँसहित नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा। ३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १ : २४ बजे