Logo

मुख्य समाचार

माओवादी कर्णालीका प्रमुख सचेतक विष्ट निलम्बित



काठमाडौं । नेकपा माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्मरबहादुर विष्ट निलम्बित भएका छन् ।

उनलाई माओवादी केन्द्रले पार्टीको साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निलम्बन गरेको हो ।

पार्टीले उनलाई पार्टी हित विपरित क्रियाकलाप गरेको भन्दै निलम्बन गरेको हो । विष्ट नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा रहेका छन् ।

उनलाई आज एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा स्वागत गर्ने बताइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १० : ५२ बजे