Logo

Breaking News 1

‘कमरेडहरु, सजाय दिने बेला आएको छ, ओलीले सबभन्दा ठूलो साजय पाउनुपर्छ’: झलनाथ खनाल



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैभन्दा ठूलो सजाय पाउनुृपर्ने बताएका छन् ।

पार्टीको गुल्मी–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै खनालले संविधानको उल्लंघन गर्ने ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताएका हुन् ।

‘कमरेडहरु, अव सजाय दिने बेला आएको छ । अव यो आउने निर्वाचनमा केपी ओलीले सबभन्दा ठूलो साजय पाउनुपर्छ । र, उनको बाकसमा जिरो मत पाउनु पर्छ, उनले भने ।’

ऐन उलंघन हुँदा एउटा नागरिकले जेलमा कैदीको रुपमा जीवन बिताउनुपर्ने तर संविधान उलंघन गर्दा पनि केपी ओलीले सजाय नपाउने अवस्था रहन नहुने भन्दै नेपाली जनताले उनलाई निर्वाचनको माध्यामबाट सजाय दिनुपर्ने बताए ।

नेता खनालले आगामी निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने दावी गर्दै उनको बाकसमा ‘जिरो’ मत हुनुपर्ने बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ३ : २१ बजे