Logo

मुख्य समाचार

पल शाह प्रकरणमा डा.सुरेन्द्र केसीको फरक धारणा: यो अपराध होइन



काठमाडौं । प्राध्यापक तथा राजनीतिक बिश्लेषक डा. सुरेन्द्र केसीले पल शाह प्रकरणमा कुनै अपराध नभएको जिकिर गरेका छन् ।

डा. केसीले पीडक भनिएका र पीडित भनिएका दुवैजना लामो समय प्रेम सम्बन्धमा रहेको र पछि लेनदेनमा कुरा नमिल्दा बलात्कारको आरोप लगाइएको बताएका हुन् ।

उनले एक वर्षपछि बलात्कारको आरोप लगाउनु आश्चार्यको विषय भएको बताए । ‘नाबालिकालाई बलात्कार पोहोर गरेको हो भने अहिले आएर हल्ला गर्न पाईन्छ ? उनले भने ।

प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलालाई अन्तर्वार्ताका दिंदै उनले भने,‘ यो घटना सरासर लेनदेनसँग जोडिएर बलात्कारमा पुगेको हाे ।’ उनले यो प्रकरणलाई अपराधिकरण गरेर शाहलाई न्याँक्ने प्रपञ्च रचिएको बताए । डा. केसीले उनीहरु दुई वर्षसम्म प्रेम सम्बन्धमा रहेको पाइएको पनि उल्लेख गरे । यो कुनै बलात्कार नभएको न त अपराध नै भएको उनले दाबी गरे ।

केसीले बलात्कार आरोप लागेको सांसद तथा पूर्वमन्त्रीको उदाहरण दिँदै पूर्वमन्त्री धरौटीमा रिहा हुँदा शाहलाई किन लामो समयसम्म न्याँकिरहेको ? भन्दै प्रश्नसमेत गरे ।

‘कहिले तनहुँ, कहिले गैंडाकोट लगिएको छ, सांसद र पूर्वमन्त्रीले त पाँच लाख धरौटीमा रिहा भैसके त, अनि एउटा युवालाई चाहीँ कति दिन न्याँक्नुहुन्छ ? डा. केसीले प्रश्न गरे ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १ : ४५ बजे