Logo

Breaking News 1

दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन



काठमाडाैं । अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका ‘मिडफिल्डर’ जेडेन एडम्सको शनिबार निधन भएको छ ।

खेलकुद मन्त्री गेटन म्याकेन्जीले उनको निधनको पुष्टि गरे तर निधन हुनुको कारण भने बताएका छैनन् । खेलकुद मन्त्री म्याकेन्जीले एक विज्ञप्तिमा जारी गर्दै ‘जेडेन एडम्सको निधनको खबरले मलाई स्तब्ध बनाएको छ । दक्षिण अफ्रिकी फुटबलले आफ्नो सबैभन्दा उज्ज्वल युवा प्रतिभा गुमाएको छ’ उनले भनेका छन् ।

प्रहरीले शनिबार बिहान केप टाउनको केन्द्रीय उपनगर स्कोट्सचेकलुफमा एउटा घरमा २५ वर्षीय उनको शव फेला परेपछि अनुसन्धान सुरु गरेको बताएको छ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ८ : ४५ बजे