Logo

Breaking News 1

दक्षिण एसियामा सबैभन्दा खुशी देश नेपाल



काठमाडौं । विश्वको सबै भन्दा खुशी देशहरुको सूची सार्वजनिक भएको छ । विश्वमा सबैभन्दा खुशी देश फिनल्याण्ड बन्न सफल भएको छ ।

सूचीअनुसार अफगानिस्तान विश्वकै सबै भन्दा दुःखी देश बनेको छ । वल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुशी देश घोषित गरेको हो ।

वल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबै भन्दा खुशी देश बन्न सफल भएको हो। नेपाल भने दक्षिण एसियामा सबैभन्दा खुशी देशमा परेको छ । विश्वमा भने नेपाल ८५औँ स्थानमा रहेको छ ।

नेपालपछि बुलगेरिया र माल्दिम्भ छन् । सूचीमा बंगलादेश ९९ र पाकिस्तान १०३ औँ नम्बरमा छन् । श्रीलंका १२६ औँ स्थानमा छ भने भारत १३६ औँ स्थानमा छ। चीन भने नेपाल भन्दा खुशी देशमा परेको छ। चीन ८२ औँ नम्बरमा रहेको छ ।

प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औषत आयु, जीवन छनौट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणा जस्ता विभिन्न तत्वका आधारमा विश्व खुशी प्रतिवेदनले १ सय ५० देशलाई क्रमबद्ध गर्दछ ।

सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, स्वीट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौ र छैटौँ स्थानमा छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १० : १९ बजे