Logo

Breaking News 1

खिम्ती सब-स्टेशनको उद्घाटन गर्न प्रधानमन्त्री देउवा दोलखामा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज दोलखा गएका छन् ।

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकन तथा खिम्ती पावर सब–स्टेसन उद्घाटनका लागि देउवा दोलखा लागेका हुन् । प्रधानमन्त्री हेलिकप्टरबाट दोलखा गएका हुन् ।

दोलखाको बिगु गाउँपालिकास्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजना कूल ४५६ मेगावाट क्षमताको रहेको छ ।

माथिल्लो तामाकोशीको अवलोकनपछि देउवाले न्यू खिम्ती सब–स्टेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

खिम्ती सब–स्टेसन २२०/१३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोश्रो ठूलो सब–स्टेसन हो ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ९ : ५३ बजे