Logo

खेलकुद

बेल्जियमलाई २-१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा



काठमाडौं । स्पेन जारी फिफा विश्वकपकाे सेमिफाइनलमा प्रवेश गरेको छ । बेल्जियमलाई २-१ ले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हाे ।

स्पेनका लागि फाबियन रुइजले ३० औँ मिनेटमा पहिलो गोल गरेका थिए । ४० औँ मिनेटमा बेल्जियमले गोल फर्काएको थियो ।

पहिलो हाफ १-१ को बराबरीमा सकियो । दोस्रो हाफको ८८औँ मिनेटमा स्पेनका माइकल मेरिनोले गोल गर्दै खेललाई २-१ को स्थितिमा पुर्‍याए ।

सेमिफाइनलमा स्पेनले फ्रान्ससँग खेल्नेछ । मोरक्कोलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको थियो । 

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ६ : १५ बजे