Logo

Breaking News 1

विप्लव नेतृत्वको नेकपा माओवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको केन्द्रीय कमिटी आज पनि बस्दैछ ।

कपिलवस्तुमा शुक्रबारबाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचनमा भाग लिने वा बहिष्कार गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

यस्तै, शुक्रबारको बैठकमा महासचिव विप्लवले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । विप्लवको राजनीतिक प्रतिवेदनमा निर्वाचनमा भाग लिनुपर्ने उल्लेख गरिएको बताइएको छ ।

नेकपामा अहिले निर्वाचनमा जाने वा बहिष्कार गर्ने भन्नेमा विवाद देखिएको छ । निर्वाचनमा गएमा कुन पार्टीसँग तालमेल गर्ने भन्ने विषयमा पनि विवाद भइरहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ९ : ३८ बजे