Logo

खेलकुद

फ्रान्स विश्वकपको सेमिफाइनलमा



काठमाडौं । फ्रान्स विश्वकपको सेमिफाइनल चरणमा प्रवेश गरेको छ । मोरक्कोलाई २-० ले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनल चरणमा प्रवेश गरेको हो ।

पहिलो हाफको २८ औँ मिनेटमा मोरक्कोका नौसइर मजौरीले डिबक्समा फाउल गर्दा फ्रान्सले पेनाल्टीको मौका पाएको थियो । क्लियन एम्बाप्पले प्रहार गरेको बललाई मोरक्कोका गोलरक्षक यासिर बुनौले उत्कृष्ट रक्षा गरे ।

दोस्रो हाफको ६० औँ मिनेटमा क्लियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । विश्वकपमा यो एम्बाप्पेको २० औँ गोल हो ।

खेलको ६५ औँ मिनेटमा उसामन डेम्बेलेले गोल गर्दै अग्रता दोब्बर बनाए । सेमिफाइनलमा फ्रान्सले स्पेन र बेल्जियमको खेलबाट तय हुने विजेतासँग खेल्नेछ । 

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ६ : १३ बजे