Logo

Breaking News 1

उज्बेकिस्तानविरुद्ध कंगोको सान्दार जित, कोलम्बिया र पोर्चुगल बराबरी 



काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा डीआर कङ्गोले उज्बेकिस्तानलाई पराजित गरेको छ ।  आइतबार बिहान भएको खेलमा डीआर कङ्गोले उज्बेकिस्तानलाई २-१ ले पराजित गरेको हो ।  

६८ औं मिनेटमा कंगोका योवान विसाले पेनाल्टीमार्फत गोल गरेका थिए । खेलको ७८औं मिनेटमा फिस्टोन मायेलीले गोल गरे । 

यससँगै डीआर कङ्गो अन्तिम ३२ मा स्थान बनाउने दिशामा अघि बढेको छ । उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

यसैगरी आज भएको खेलमा कोलम्बिया र पोर्चुगलबीचको बराबरीमा सकिएको छ । दुवै टोली गोलको खोजीमा रहे गाल गर्न सकेनन् । 

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ७ : ४५ बजे