Logo

मुख्य समाचार

‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ सम्पन्न 



काठमाडाै । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ भव्य रूपमा सम्पन्न भएको छ । ललितपुरस्थित ‘द प्लाजा’मा मंगलबार आयोजित विशेष समारोहमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा. ओजश्वी शेरचनको प्रमुख आतिथ्यमा शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने उत्कृष्ट संस्थागत तथा सामुदायिक शिक्षण संस्था र व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टद्वारा प्रायोजित उक्त कार्यक्रममा शैक्षिक जगतलाई उज्यालो बनाउन र गुणस्तरीय शिक्षाको जग बसाल्न जीवन पर्यन्त खटिएका दुई सिद्धहस्त व्यक्तित्वहरूलाई यस वर्षको ‘शिक्षा क्षेत्रका लागि प्रोज्ज्वल नक्षत्र २०८३’ उपाधिबाट विभूषित गरिएको छ । यस वर्षको ‘शिक्षा क्षेत्रका लागि प्रोज्ज्वल नक्षत्र २०८३’ उपाधिबाट सुदूरपश्चिम विश्वविद्यालयका प्रथम संस्थापक उपकुलपति प्रा.डा. जयराज अवस्थी र संस्थापकतर्फकाे ‘शिक्षा क्षेत्रका लागि प्रोज्ज्वल नक्षत्र २०८३’ उपाधिबाट प्रसादी एकेडेमीका प्रमुख विक्रम राईलाई विभूषित गरिएकाे हाे । यस्तै, ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८३’ बाट काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. भोला थापा, पिनाकल एकेडेमीका प्रिन्सिपल डा. ऋषी तिवारी र राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्याल सम्मानित भएका छन् ।

कार्यक्रमको मुख्य पाटो, शैक्षिक उत्कृष्टताप्रति आफ्नो अटल प्रतिबद्धताका कारण देशैभरका शिक्षण संस्थाहरूमा आफूलाई अब्बल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सफल शैक्षिक संस्थाहरुलाई सम्मान गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले शैक्षिक नतिजा र योगदानका आधारमा उत्कृष्ट ठहर्‍याएका संस्थागततर्फ काठमाडौंको बागबजारमा रहेको केएमसी सेकेण्डरी स्कुल (केएमसी) तथा डिल्लीबजारस्थित ट्रिनिटी इन्टरनेसनल स्कुल ‘सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड’बाट सम्मानित भएको छ सामुदायिकतर्फ भने त्रिपुरेश्वरस्थित विश्व निकेतन सेकेण्डरी स्कुल सर्वोत्कृष्ट विद्यालयका रूपमा सम्मानित भएको छ ।

कुन शैक्षिक संस्थाले कुन पाए अवार्ड ?

१. सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड – काठमाडौं मोडल सेकेन्डरी स्कुल (बागबजार)

२. सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड – ट्रिनिटी इन्टरनेशनल सेकेन्डरी स्कुल

३. सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड (सामुदायिकतर्फ) – विश्व निकेतन सेकेण्डरी स्कुल

४. बेस्ट एकेडेमिक इन्भायरोन्मेन्ट अवार्ड – नासा सेकेन्डरी स्कुल

५. बेस्ट एकेडेमिक इन्भायरोन्मेन्ट अवार्ड – लिभरपुल सेकेण्डरी स्कुल

६. कन्सिस्टेन्ट एकेडेमिक पर्फमेन्स अवार्ड – रिलायन्स इन्टरनेशनल एकेडेमी

७. कमिटमेन्ट टु एक्सिलेन्स इन एजुकेसन अवार्ड – सेन्ट लरेन्स सेकेन्डरी स्कुल

८. बेस्ट हिस्टोरिकल अचिभमेन्ट अवार्ड – मेरील्याण्ड सेकेन्डरी स्कुल

९. आउटस्ट्यान्डिङ पर्फमेन्स अवार्ड – अरनिको आवासीय सेकेन्डरी स्कुल

१०. आउटस्ट्यान्डिङ पर्फमेन्स अवार्ड – मदरल्याण्ड सेकेन्डरी स्कुल

११. बेस्ट इनोभेटिभ टिचिङ प्राक्टिसेस अवार्ड – नेपाल मेगा कलेज

१२. प्रेस्टिजियस प्लस टु अवार्ड – नोबेल एकेडेमी सेकेन्डरी स्कुल

१३. बेस्ट लर्निङ सेन्टर अवार्ड – लिटिल एन्जल्स सेकेन्डरी स्कुल

१४. आउटस्ट्यान्डिङ एजुकेसनल प्राक्टिसेस अवार्ड – भीएस निकेतन सेकेन्डरी स्कुल

१५. डाइनामिक एजुकेसन लिडरसिप अवार्ड – नेपाल काष्ठमण्डप

१६. रिजनल प्रेस्टिज अवार्ड – शिक्षादीप बोर्डिङ सेकेन्डरी स्कुल

१७. बेस्ट पर्फमेन्स एक्सिलेन्स अवार्ड – जेभियर एकेडेमी

१८. इमर्जिङ प्लस टु अवार्ड – युनिग्लोब प्रिमियर स्कुल

यस अवार्ड वितरणअघि कार्यक्रममा शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे ‘शिक्षामा निजी क्षेत्रको लगानी’ र ‘के नेपाललाई एजुकेसन हब बनाउन सकिन्छ ?’ भन्ने विषयमा दुईवटा महत्त्वपूर्ण प्यानल डिस्कसन समेत सञ्चालन गरिएको थियो । 

कार्यक्रमको पहिलो सत्र ‘शिक्षामा निजी क्षेत्रको लगानी’ विषयमा केन्द्रित थियो । उक्त सत्रको सुरुवातमा राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष डा. महाश्रम शर्मा र हिसान तथा प्याब्सनका पूर्वअध्यक्ष उमेश श्रेष्ठले की-नोट स्पिकरका रूपमा आफ्नो धारणा राखेका थिए ।

लगत्तै अधिवक्ता एवं इन्जिनियर उमेश रुपाखेतीकाे मध्यस्थतामा सुरु भएको प्यानल डिस्कसनमा शिक्षा मन्त्रालयको योजना तथा अनुगमन शाखाका सहसचिव एवं प्रवक्ता शिव कुमार सापकोटा, हिसानका अध्यक्ष एवं हिमालयन ह्वाइट हाउस आईबी वर्ल्ड स्कुलका निर्देशक युवराज शर्मा, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका प्रिन्सिपल तथा डाइरेक्टर डा. आशिष तिवारी प्यानलिस्टका रूपमा सहभागी थिए । 

यसैगरी, ‘के नेपाललाई एजुकेसन हब बनाउन सकिन्छ ?’ भन्ने विषयमा केन्द्रित दोस्रो सत्रको मोडरेटरको भूमिका इक्यानका निवर्तमान अध्यक्ष शेषराज भट्टराईले निभाएका थिए । उक्त बहस सत्रमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा. ओजश्वी शेरचन, प्याब्सनका पूर्वअध्यक्ष एवं रेडियन्ट स्कुलका संस्थापक डिके ढुंगाना र गेट कलेजका संस्थापक अध्यक्ष खेम लकाईले प्यानलिस्टका रूपमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक केन्द्र बनाउन आवश्यक सरकारी नीति र पूर्वाधारका विषयमा आफ्ना धारणा राखेका थिए ।

साथै कार्यक्रममा ‘बेस्ट प्लस टु अवार्ड’ प्राप्त गर्ने संस्थागत शैक्षिक संस्थाहरु

– एनसीसीएस सेकेन्डरी स्कुल

– समृद्धि सेकेन्डरी स्कुल

– टेक्सास इन्टरनेशनल सेकेन्डरी स्कुल

– मनास्लु वल्र्ड स्कुल

– किस्ट सेकेन्डरी स्कुल

– मोर्गन सेकेन्डरी स्कुल

– काठमाडौं बन्र्हाट सेकेन्डरी स्कुल

–ब्रिजवाटर सेकेन्डरी स्कुल

–आईएसटी सेकेन्डरी स्कुल

प्रदेशअन्तर्गत सम्मानित हुने उत्कृष्ट सामुदायिक विद्यालयहरू

१.मोहनमाया सेकेण्डरी स्कुल, विर्तामोड, झापा (कोशी प्रदेश)

२.जनता सेकेण्डरी स्कुल, बर्दिबास, महोत्तरी (मधेश प्रदेश)

३. नारायणी मोडेल सेकेण्डरी स्कुल, भरतपुर, चितवन (बागमती प्रदेश)

४. अमर सिंह सेकेण्डरी स्कुल, पोखरा, कास्की (गण्डकी प्रदेश)

५. कालिका मानवज्ञान सेकेण्डरी स्कुल, बुटवल, रुपन्देही (लुम्बिनी प्रदेश)

६. राप्ती ज्ञानोदय सेकेण्डरी स्कुल, सानीभेरी, रुकुम, (कर्णाली प्रदेश)

७. सेटीगाउँ सेकेण्डरी स्कुल, डिलासैनी, बैतडी, (सुदुरपश्चिम प्रदेश)

यस अवार्डको मुख्य उद्देश्य शिक्षण संस्थाहरूको भौतिक पूर्वाधार, शैक्षिक नतिजा, अतिरिक्त क्रियाकलाप र विद्यार्थीहरूको सर्वाङ्गिण विकासका आधारमा उत्कृष्ट संस्थाहरूलाई पुरस्कृत गर्नु हो ।

कार्यक्रममा विदेशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीका लागि गुणस्तरीय परामर्श सेवा दिँदै सेतूको भूमिका निभाइरहेका र नेपालमा पनि विदेशी विद्यार्थी भित्र्याउन उत्तिकै महत्वपूर्ण योगदान गर्ने प्रतिष्ठित कन्सटल्टेन्सीहरुलाई पनि सम्मान गरिएको छ ।

१. अल्टिमेट कन्सल्टेन्सी एण्ड एड्भाइजरी नेटवर्क (युक्यान) – ‘बेस्ट करियर काउन्सिलिङ अवार्ड’

२. कङ्गारु एजुकेसन कन्सल्टेन्सी – ‘पायोनियर इन अस्ट्रेलियन एजुकेसन अवार्ड’

३. अप्टिमस ग्लोबल एजुकेसन कन्सल्टेन्सी – ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी युके अवार्ड’

४. द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी – ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी अष्ट्रेलिया’

५. इन्फर्मेटिक्स कन्सल्टेन्सी प्रा.लि. – ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी – न्यूजील्याण्र्ड’

६. अर्बिट इन्टरनेसनल एजुकेसन –‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी –यूएसए’

७. गोरेटो कन्सल्टेन्सी – ‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी क्यानडा’

८. ओपन भिजन एजुकेसन फाउन्डेसन प्रा.लि. –‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी जापान’

९.केआईईसी कन्सल्टेन्सी –‘लिडिङ मल्टि-डेस्टिनेसन कन्सल्टेन्सी अवार्ड’

१०.इनलाइटन इन्टरनेसनल एजुकेसन –‘ट्रस्टेड मल्टि-डेस्टिनेसन कन्सल्टेन्सी अवार्ड’

११. वेद इन्टरनेसनल एजुकेसन –‘इमर्जिङ मल्टि–डेस्टिनेसन कन्सल्टेन्सी अवार्ड’

१२. ओली एण्ड एसोसिएट्स –‘मोस्ट प्रिफर्ड कन्सल्टेन्सी अष्ट्रेलिया’

अवार्ड समारोहमा संस्कृति इन्टरनेशनल स्कुल र मनास्लु वर्ल्ड स्कुलका विद्यार्थीहरूले मौलिकपन झल्किने उत्कृष्ट सांस्कृतिक प्रस्तुती पनि दिएका थिए। समारोहमा शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरू, नीति निर्माताहरू, देशभरका उत्कृष्ट संस्थागत तथा सामुदायिका विद्यालयका विद्यार्थी, शिक्षकहरु, र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो।

केन्द्रबिन्दु डटकमले विगतका वर्षहरूमा पनि यस्ता सम्मानजनक कार्यक्रमहरू आयोजना गर्दै आएको छ, जसले शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्दै आएको विश्वास राखेकाे छ । र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्दछ ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ६ : ४५ बजे