Logo

Breaking News 1

भूकम्प गएको ११ वर्ष हुँदा पनि अझै सम्पन्न भएनन् सम्पदाहरू (फोटोफिचर)



आज ११औँ भूकम्प स्मृति दिवस मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको स्मृतिमा यो दिवस हरेक वर्ष मनाइँदै आएको छ ।

तर भूकम्प गएको ११ वर्ष बितिसक्दा पनि धेरै ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण कार्य अझै पूरा हुन सकेको छैन ।

पुनर्निर्माणमा ढिलाइ हुँदा कतिपय सम्पदाहरू अझै अधुरै अवस्थामा छन्, जसले हाम्रो सांस्कृतिक धरोहर संरक्षणमा चुनौती थपेको छ । तस्बिरहरू: सक्षम घिमिरे, नेपाल न्यूज बैंक

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  १० : ५९ बजे