Logo

ग्यालेरी

ढुङ्गामा नागबेली सर्पको आकृति (तस्बिरसहित)



बाजुरा । बाजुरामा दुई पहाडको बिच खोचमा सर्प आकारको ढुङ्गा छ । नाग बसेको जस्तो देखिने यो ढुङ्गालाई स्थानीयले सर्प ढुङ्गा भनेर चिन्ने गरेका छन् । यो ढुङ्गो सेरेगाड खोलामा छ ।

यस ढुङ्गाको बिच भागमा ठ्याक्कै सर्पको जस्तै आकृति छ । पहिलो पटक उक्त ढुङ्गा देख्ने व्यक्ति चकितसमेत हुने गरेका छन् । प्रायः धेरैले यो ढुङ्गो देखेका समेत छैनन् ।

ढुंङगाको बिच भागमा नागबेली सर्पको आकृति छ । यो ढुङ्गा कुनै न कुनै हिसाबले चमत्कारी ढुङ्गो भएको स्थानीयको विश्वास छ । कतिपयले यसको उत्खनन गर्ने प्रयास गरे पनि सफल हुन सकेका छैनन् । गोविन्द्र राज तिमिल्सेना, नेपाल न्युज बैंक

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ९ : ५१ बजे