काठमाडौं। जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बुधबार जेनजी युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरू कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ ? भन्दै आँखामा कालोपट्टी बाँधेर प्रर्दशनमा छन् । उनीहरुले जनताको अधिकारःकार्की आयोगको प्रतिवेदन सार्वजनिक गर, प्रतिवेदन हरायो सरकार किन डरायो, सरकार झुक्ला दोषिसामु घाइते जेनजी योद्धा झुक्दैन र आमा न्याय माग्न तिमिलाई कति गर्नु कर लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् ।

















प्रतिक्रिया