Logo

मुख्य समाचार

मुगुमा कांग्रेसका खड्ग शाही विजय


२४ फाल्गुन २०८२, आइतबार  

92
Shares

मुगु । मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाही विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर रोकायालाई ११९६ मतले पछि पार्दै शाही विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले ७ हजार ९ सय २४ मतसहित विजयी हुँदा रोकायाले ६ हजार ७ सय १८ मत पाए ।
तेस्रो भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार चन्द्र बहादुर शाहीले ५ हजार ५ सय ५८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमटाले ५ सय ३० मतसहित चौथो भएका छन् ।

मुगुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बल बहादुर मल्लले २ सय ३ नेकपा माओवादीका उम्मेदवार रंगबिर परियारले २८० पाएका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन मल्लले २२ मत ल्याएका छन् । यसैबिच मुगुमा ३६ हजार ३१ मतदाता मध्ये २२ हजार ७१ मत खसेको थियोे । जसमा ८ सय ४६ मत बदर भएको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ३ : ५० बजे