Logo

राजनीति

रुकुम पश्चिममा जनार्दन शर्मा अगाडि


२२ फाल्गुन २०८२, शुक्रबार  

138
Shares

काठमाडौं । रुकुम पश्चिममा जारी मतगणनामा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा अग्रस्थानमा रहेका छन्।
हालसम्म ६ हजार ६९२ मतगणना हुँदा शर्माले २ हजार ३९३ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपाका गोपाल शर्माले १ हजार ७८७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका राजु केसीले १ हजार ३२३ मत पाएका छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले ४८५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका नन्दराम देवकोटाले २१४ मत प्राप्त गरेका छन्।
हालसम्म उक्त क्षेत्रमा ४९१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतगणना कार्य जारी रहेको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ८ : ५२ बजे