बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङले राप्तिसोनारी गाउँपालिका–५ स्थित भुवार भवानी माध्यमिक विद्यालयमा निर्माण गरिएको मतदान स्थलको अनुगमन गरेका छन् ।
भोलि (फागुन २१) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राप्तिसोनारी गाउँपालिका–५ स्थित भुवार भवानी माध्यमिक विद्यालयमा निर्माण गरिएको मतदान स्थलको अनुगमन गरेका हुन् ।
उक्त मतदान स्थलमा तीन वटा मतदान केन्द्र रहेकोमा आवश्यक तीनवटै बुथ तयारी अवस्थामा राखिएको छ । निर्वाचनलाई शान्त, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रशासनले जनाएको छ ।










प्रतिक्रिया