काठमाडौं । आईसीसी टी–२० विश्वकपको (सुपर ८) खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई हराएको छ । श्रीलंकाको कोलम्बोमा हिजो भएको खेलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको हो ।
श्रीलंकाको कोलम्बोमा १६० रनको लक्ष्य इंग्ल्यान्डले ३ बलअघि ६ विकेट गुमाएर भेट्टायो । टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेट गुमाएर १५९ रन बनाएको थियो ।
इङ्गल्यान्डले ‘सुपर एट’ को लगातार तेस्रो खेल जितेको हो । यसअघि नै दुई खेल जितेर शीर्ष चारमा परिसकेको इङ्गल्यान्डले मुम्बईमा सेमिफाइनल खेल्नेछ, जहाँ टोलीको सम्भावित प्रतिद्वन्द्वी भारत र वेस्ट इन्डिजमध्ये एक हुनेछ ।
प्लेयर अफ द म्याच ज्याक्सले १८ बल खेल्दै ४ चौका र १ छक्कासहित ३२ र रेहनले ७ बलमा १ चौका र २ छक्कासहित १९ रन बनाई अविजित रहे ।
इङ्गल्यान्डले पहिलो दुई ओभरमै टोलीले फिल साल्ट २ र जस बटलर शून्य रन बनाएर आउट भए । कप्तान ह्यारी ब्रुकले २४ बलमा ३ चौका र १ छक्कासहित २६ रन बनाए । ज्याकोब बेथल १६ बलमा २१, टम बान्न्टन २४ बलमा ३३ र साम करन २२ बलमा २४ रन बनाई आउट भए। न्युजिल्यान्डका देब्रेहाते स्पिनर रचिन रवीन्द्रले ४ ओभरमा १९ रनमात्र खर्चेर ३ विकेट लिए ।
न्युजिल्यान्डको ३ र पाकिस्तानको १ अंक छ भने श्रीलंका पहिलो दुवै खेलमा पराजित भइसकेको छ । पाकिस्तानले श्रीलंकालाई ६४ रनले पराजित गरे वा श्रीलंकाले दिएको लक्ष्य १३,१ ओभरभित्र पूरा गरेमा न्युजिल्यान्डलाई नेट रनरेटमा उछिन्न सक्छ ।










प्रतिक्रिया