Logo

Breaking News 1

क्रिकेटर करण केसीले गरे विवाह


१२ फाल्गुन २०८२, मंगलबार  

69
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख बलर करण केसी वैवाहिक बन्धनमा बाँधिएका छन् । केसीले युटुबर तथा पत्रकार वर्षा बस्नेत सँग विवाह गरेका हुन् । परिवारका सदस्य र निकट आफन्तहरूको उपस्थितिमा सम्पन्न विवाह समारोह चार दिनअघि नै भएको बताइएको छ ।

तर दुवैले सामाजिक सञ्जालमार्फत आज मात्र विवाहका तस्बिर सार्वजनिक गरेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका केसी र बस्नेतको सम्बन्धबारे क्रिकेट तथा सञ्चार क्षेत्रका साथीहरूबीच चर्चा रहँदै आएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १० : ५३ बजे