Logo

Breaking News 1

एमआइबीडीले वैध माध्यमबाट मात्र शैक्षिक क्रियाकलाप गरिरहेको दाबी


५ फाल्गुन २०८२, मंगलबार  

0
Shares

काठमाडौं । नेपाली विद्यार्थीलाई दुवइमा विभिन्न कक्षाहरु संचालन गरिरहेको माउन्ट इन्स्टिच्युट अफ विजनेस डेभलपमेन्ट(एमआइबीडी)ले अवैध वाटोबाट शैक्षिक क्रियाकलाप नगरेको स्पष्ट पारेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै हाल नेपालमा विभिन्न शैक्षिक कार्यक्रमका बारेमा गलत सूचना बाहिर गएको भन्दै भ्रममा नपर्न आग्रह गरेको हो ।

माउन्ट इन्स्टिच्युट अफ विजनेस डेभलपमेन्ट दुबईका निर्देशक डेभिड एबेनेजरले आफूहरु वैध बाटोमार्फत विद्यार्थी छनोट र शैक्षिक कार्यक्रम संचालन गरिरहेको स्पष्ट पारे ।

दुबई कडा नियामकीय संस्कृतिका लागि विश्वव्यापी रुपमा परिचित स्थान भएकाले सरकारले लागू गरेका नियमहरु आफ्नो संस्थाले पालना गरेको स्पष्ट पारेका हुन् । उनले लिखित र वैध प्रणामका आधारमा शैक्षिक कार्यक्रममा सहभागी हुन अनुरोध गरे ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  ७ : ४४ बजे