Logo

Breaking News 1

टी–२० विश्वकपमा आज तीनवटा खेल हुँदै



काठमाडौँ । भारतमा जारी टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदैछन् । शनिबार पहिलो खेलमा समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजेदेखि शुरु हुदैछ । आयरल्याण्ड र ओमान दुवैले अहिलेसम्म आफ्ना शुरुका २–२ खेलमा हार बेहोरेका छन् ।

त्यस्तै आजको दोस्रो खेलमा समुह सी का इङल्याण्ड र स्कटल्याण्ड भिड्दैछन् । भारतको कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल दिउसो ३ः १५ बजेदेखि शुरु हुदैछ ।

जारी विश्वकपमा इङल्याण्ड र स्कटल्याण्ड दुवैले २–२ खेलमा १–१ खेल जितेका छन् भने १–१ खेलमा हार बेहोरेका छन् ।

त्यस्तै,आज तेस्रो खेल समुह डी का न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच हुदैछ । यो खेल नेपाली समय अनुसार साँझ ७ः १५ बजेदेखि शुरु हुदैछ । न्यूजील्याण्ड र दक्षिण अफ्रिका दुवैले यसअघि खेलेका २–२ खेलमा नै जित हासिल गरेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ८ : ०८ बजे