Logo

Breaking News 1

राष्ट्रियसभा बैठक आज बस्दै, वार्षिक प्रतिवेदन र समितिका अध्ययन प्रतिवेदन पेस हुने


१ फाल्गुन २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत रहेको राष्ट्रिय सभाको आज उन्नाइसौँ अधिवेशनको नवौँ बैठक बस्ने भएको छ । बैठक अपराह्न १२ः१५ बजे बस्ने भएको हो । बैठकको सम्भावित दैनिक कार्यसूची सार्वजनिक गरिएको छ ।

कार्यसूची अनुसार राष्ट्रिय सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सभालाई जानकारी गराउने छन्।

त्यसैगरी प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री सुशिला कार्कीले मुस्लिम आयोगको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालर्ले संघीय एकाइहरुबीच विधायिकी अन्तरसम्बन्धः अध्ययन प्रतिवेदन, २०८२’ तर्था बालबालिका सम्बन्धी ऐन, २०७५ मा रहेका बाल सहभागिता सम्बन्धी प्रावधानहरुको कार्यान्वयन मापन प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यक्रम छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले अध्यागमन ऐन, २०४९ तथा सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा अधिवेशन अन्त्य सम्बन्धी प्राप्त पत्रको व्यहोरा पनि सभालाई जानकारी गराइनेछ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ९ : २३ बजे