जनकपुर । आसन्न प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारहरुले केन्द्रीय कार्यालयमा करार पत्रमा हस्ताक्षर गर्नु पर्ने भएको छ ।
शनिबार जनकपुरधाममा रास्वपाद्वारा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा पार्टीका प्रवक्ता एवम धनुषा क्षेत्र नं.३ का उम्मेदवार मनिस क्षाले सो कुराको जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै झाले अन्य पार्टीहरु सरह घोषणा पत्रको साटो वाचा पत्र सार्वजनि गर्ने पार्टीले निर्णय गरेको बताए । उनले देशभरका रास्वपाबाट उठेका उम्मेदवारहरुले चुनाव जिते कुन कुन कुरा गर्ने र कुन कुरा नगर्ने भन्ने करार पत्र बनाएर पार्टीको केन्द्रीय कार्यालयमा हस्ताक्षरसहित बुझाउनु पर्ने प्रप्रवक्ता झाले जानकारी दिए ।
त्यस्तै उनले रास्वपाका कुनै पनि उम्मेदवारले कहिले कुनै भ्रष्टाचार गरेको मुद्या लागे आजीवन पार्टीबाट निष्कासन गरिने बताए । उनले उम्मेदवारहरुको नीजि बैंक खाताको निगरानी पनि केन्द्रीय कार्यालयबाट हुने जानकारी दिए ।
त्यस्तै, प्रवक्ता झाले आफू दस वर्ष मात्र राजनिति गर्ने बताए । उनले दस वर्ष राजनिति गर्ने र त्यस पश्चात नयाँ पुस्तालाई अवसर दिने बताए । उनले प्रशिक्षक बनेर नयाँ पुस्तालाई विकास र राजनिति सिकाउने जानकारी दिए ।
झाले आसन्न निर्वाचनमा रास्वपाको लक्ष्य जित हासिल गर्नु मात्र नभई एतिहासिक मत ल्याएर जित हासिल गर्नु रहेको बताए । उनले मधेश प्रदेशबाट सबै भन्दा बढी मत ल्याएर सदनमा मधेशको राजनिति परिणत भइसकेको सन्देश दिने बताए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २०० जना भन्दा बढि स्थानीय नेता तथा कार्यकर्ताहरु रास्वपामा प्रवेश गरेका थिए ।










प्रतिक्रिया