काठमाडौं । नेपाल सोतोकान कराँते संघको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको आठौँ राष्ट्रिय खुला कराते प्रतियोगिता सकिएको छ ।
सोतोकान कराते संघको २८औं वार्षिकोत्सवको अवसरमा माघ १६ र १७ गते भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका–२, सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयको कभर्ड हलमा सञ्चालन भएको थियो ।
उक्त प्रतियोगिताको अध्यक्षत नेपाल सोतोकान कराते संघका अध्यक्ष हेमकुमार श्रेष्ठले गरेका थिए । दुई दिने प्रतियोगितामा काता र कुमुतेतर्फ क्याडेट, जुनियर, सिनियर र भेट्रानतर्फ प्रतिस्पर्धा भएको थियो ।
खेलमा कुल ४९ जिल्लाबाट पाँच सय खेलाडी छनोट गरी प्रतिस्पर्धा गरिएको थियो । कुमुतेको मिनी सब जुनियर (५–९ वर्ष) तर्फ १५ केजी, २० केजीमुनि, २५ वर्षमुनि, ३० वर्षमुनि, ३५ वर्षमुनि र ३३ वर्षमुनि प्रतिस्पर्धा भएको थियो ।
यसै उमेरसमूहमा गल्र्स र ब्वाइजको एकल कातामा पनि प्रतिस्पर्धा भएको हो । सब जुनियर (१०–१२ वर्ष उमेरसमूह) काता र कुमुेतमा पनि खेल हुने भएको हो भने यसै उमेरसमूहमा ब्वाइजमा खुलातर्फ कुमुते र एकल काता प्रतिस्पर्धा भएको हो ।
क्याडेट (१३–१५ वर्ष) कुमुतेतर्फ गल्र्समा पाँच तौलसमूह र ब्वाइजमा आठ तौलसमूहमा खेल हुनुका साथै क्याडेटमा नै एकल काता (गल्र्स र ब्वाइज) र खुला कुमुतेमा प्रतिस्पर्धा भएको हो । जुनियर कुमुते (१६–१८ वर्ष)तर्फ पुरुषमा ६ तौलसमूह र महिलामा पाँच तौलसमूहमा प्रतिस्पर्धा गराइएको थियो ।
यसै उमेरसमूहमा पुरुषतर्फ खुला कुमुते भएको आयोजकले जनाएको छ । सिनियर कुमुते (१९–४० वर्ष) महिलामा ६ तौल र पुरुषमा सात तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । भेट्रान (४० वर्षमाथि)एकल काता र कुमुतेमा महिला र पुरुषमा प्रतिस्पर्धा हुनेछन् ।
महिला टिम खुला र पुरुष टिम कातामा खेल भएको पनि आयोजकले जनाएको छ । प्रतियोगितामा शीर्ष तीन स्थानमा रहने टोलीले ट्रफी प्राप्त गरेका थिए । सर्वोत्कृष्ट फाइटरलाई पनि ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ ।










प्रतिक्रिया