Logo

ग्यालेरी

स्वयम्भूको सरस्वती मन्दिरमा अक्षरारम्भ गर्दै बालबालिका (फोटो )



काठमाडौं। विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी देशभर श्रद्धा र भक्तिसाथ आज (शुक्रबार) श्रीपञ्चमी मनाइँदैछ । आज बिहानैदेखि स्वयम्भूस्थित सरस्वती मन्दिरमा दर्शन, पूजा र विशेष धार्मिक कर्मका लागि भक्तजनको चहलपहल देखिएको छ ।

सरस्वतीलाई विद्या र बुद्धिकी ज्ञाता मानिन्छ जसका कारण आजको दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ। सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको हुनाले स्वयम्भूस्थित सरस्वती मन्दिरमा बालबालिकाहरूलाई अक्षरारम्भ गराउँदै श्रीपञ्चमी मनाइँदैछ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १२ : ४९ बजे