काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको १६० औँ बैठक आज बस्ने भएको छ ।
बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संसद भवनको समिति बैठक कक्षमा बस्ने भएको हो ।
बैठकमा पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।
बैठकमा पर्यटन विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनका विषयमा विस्तृत छलफल गरिनुका साथै विविध विषयमा समेत विचार–विमर्श हुने जनाइएको छ ।
समितिले बैठकमा माननीय सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई उपस्थितिका लागि अनुरोध गरेको छ।











प्रतिक्रिया