Logo

Breaking News 1

प्रधानमन्त्रीको कार्कीको उपस्थितीमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना



काठमाडौं । आज नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना गरेको छ ।

महासंघका अध्यक्ष चन्द्र ढकालले देशको अर्थतन्त्रलाई उकास्न र विकासका नयाँ मार्ग तय गर्न यो संवाद आवश्यक भएको बताए।

उनले यस अवसरमा राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने उद्देश्य रहेको जानकारी दिए । संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथि रहने महासंघले जनाएको छ ।

साथै, प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा समूह (जेनजी), नागरिक समाज र सञ्चार क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।

यस कार्यक्रममा लक्स्मी बैंकले अर्थतन्त्रका चुनौती समाधानका लागि संवाद र सहकार्यको वातावरण निर्माण गर्ने पहल गरेको छ ।

अर्थतन्त्रका चुनौती समाधानका निम्ति संवाद र सहकार्यको वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ८ : ५५ बजे