Logo

Breaking News 1

बाक्लो कुहिरो र हुस्सुका कारण दाउन्ने क्षेत्रमा यातायात आवागमनमा कठिनाइ, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह



काठमाडौं । बाक्लो कुहिरो र हुस्सुका कारण नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ । सडक विभागको आयोजना निर्देशनालयले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

केही दिनदेखि लागेको बाक्लो कुहिरो र हुस्सुका कारणले निर्माणाधीन सडकमा समस्या देखिएको हो । सो सडकको केही स्थानमा कल्भर्ट तथा सडक ढलानको काम भई एकतर्फी सडक सञ्चालन भइरहेकोले सवारी साधन सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको आयोजनाले जनाएको छ । 

मौसाममा सुधार नहुञ्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्रै यात्रा गर्न आयोजनाले अनुरोध छ । 

उक्त सडकखण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारी साधन  नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै  बुटवल जान सक्नेछन् । 

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ६ : ३५ बजे