Logo

Breaking News 1

सञ्चारमन्त्री खरेलले गरे १०० दिनको प्रगति विवरण सार्वजनिक



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफ्नो कार्यकालको १०० दिनकोे प्र्रगति विवरण सार्वजनिक गरेका छन् ।

आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उनले १०० दिनको अवधिमा भएका ३० बुँदे उपलब्धीहरु सावर्जनिक गरेका हुन् ।

प्रगति सार्वजनिक गर्दै मन्त्री खरेलले आम सञ्चारको क्षेत्रमा सूचना तथा प्रसारण विभागबाट नै अनलाइन दर्ता तथा नविकरणको काम सुरु भएको जानकारी गराए ।

छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ को व्यवस्था बमोजिम अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नविकरणको लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रुपमा तोकेर अनलाइन सञ्चार माध्यमको दर्ता र नविकरण लगायतका कार्यहरु सूचना तथा प्रसारण विभागबाट हुने व्यवस्था मिलाइएको उनले बताए ।

उनले भने, ‘आम सञ्चारको क्षेत्रमा सूचना तथा प्रसारण विभागबाट नै अनलाइन दर्ता तथा नविकरणको काम सुरु भएको छ । छापाखाना तथा प्रकाशन सम्बन्धि ऐन २०४८ को व्यवस्था बमोजिम अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नविकरणको लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रुपमा तोकि अनलाई सञ्चार माध्यमको दर्ता र नविकरण लगायतका कार्यहरु सूचना तथा प्रसारण विभागबाट हुने व्यवस्था मिलाइएको छ ।’

त्यस्तै स्वर्गीय पत्रकार सुरेश रजतको सहीद घोषणा गरिएको ,गोरखापत्रमा भाषा थपगरी ४६ भाषाको समाचार तथा लेख रचना प्रकाशन सुरु भएको उनले बताए । त्यस्तै उनले आफूले सय दिनमा उल्लेखनीय काम गरेको दावी समेत गरेका छन् ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ६ : ०९ बजे