विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खस्दा एक जना इन्टर्न चिकित्सकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका ३४ वर्षीय अमित यादव छन् ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३० बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट यादव खसेका थिए । गम्भीर अवस्थामा फेला परेपछि उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा बिहान ७:२५ बजे यादवको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए । यादव सोही मेडिकल कलेजमा एमबीबीएस इन्टर्न चिकित्सकका रूपमा कार्यरत थिए ।
घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।










प्रतिक्रिया