जनकपुर । मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि नेकपा एमालेका त्रिलोकी प्रसादले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
उनको प्रस्तावमा शारदा देवी थापा रहेकी छन् भने समर्थकमा जयचन्द्र प्रसाद पटेल रहेका छन् । यसअघि जसपाका राम अशिष यादवले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
सभामुख पदका लागि जम्मा दुई जनाको उम्मेदवारी परेको छ । भोलि १ बजे बस्ने मधेस प्रदेश सभाको बैठकमा सभामुख पदको लागि निर्वाचन पनि हुनेछ ।










प्रतिक्रिया