काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को समानुपातिक उम्मेदवार बन्न चाहने ३२५ जनाबाट ८१ लाख २५ हजार रुपैयाँ संकलन गरेको छ।
पार्टीले समानुपातिक उम्मेदवारको लागि आवेदन शुल्क प्रतिव्यक्ति २५ हजार रुपैयाँ तोकेको थियो। रास्वपाका प्रवक्ता मनिष झाले बिहीबार (पुस ३) सार्वजनिक गरेको विवरण अनुसार, मंसिर मसान्तसम्म प्राप्त ३२५ आवेदनबाट उक्त रकम उठेको हो।
पार्टीको बुधबार र बिहीबारको बैठकले आवेदन लिने प्रक्रिया जारी राख्ने निर्णय गरेको छ। प्रवक्ताका अनुसार, आवेदन दिनेहरूलाई सातै प्रदेशमा पुस ५ गते छलफलका लागि आमन्त्रित गरिनेछ। साथै, समानुपातिक उम्मेदवारीको आवेदन नदिएका केन्द्रीय समितिका सदस्यहरूलाई छलफल सहजीकरणका लागि जिम्मेवारी तोकिएको छ।
रास्वपाले जनाएको छ कि समानुपातिक उम्मेदवारको आवेदन शुल्क तिरेका उम्मेदवारले प्रत्यक्षतर्फ उम्मेदवार बन्ने भए थप शुल्क तिर्नु नपर्नेछ।










प्रतिक्रिया