काठमाडौं। नेप्सेमा सूचीकृत प्राइम कमर्सियल बैंक, बुटवल पावर कम्पनी (बीपीसी) र सलिको (सगरमाथा–लुम्बिनी इन्स्योरेन्स) ले सेयरधनीका लागि लाभांश प्रस्ताव गरेका छन् ।
प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसअन्तर्गत ८ प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश समावेश छ ।
सगरमाथा–लुम्बिनी इन्स्योरेन्स (सलिको) ले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ । यसका लागि कम्पनीले कुल २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ छुट्याएको जनाएको छ ।
यस्तै, बुटवल पावर कम्पनी (बीपीसी) ले गत आर्थिक वर्षको खुद मुनाफाबाट ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यता, नेपाल बैंक लिमिटेडले भने यसपटक सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ ।
उक्त कम्पनीहरूले प्रस्ताव गरेका लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।










प्रतिक्रिया