आन्तरिक प्रतिस्पर्धाले एमाले विभाजन हुँदैन : विष्णु पौडेल
काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले पार्टी विभाजन नहुने स्पष्ट पारेका छन् ।
महाधिवेशनको नतिजा सार्वजनिक भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीले आन्तरिक जीवनमा लोकतान्त्रिक अभ्यास गर्दै आएको बताए।
उनले भने, ‘महाधिवेशनमा हामीले लोकतान्त्रिक अभ्यास गर्छौं । यो लोकतान्त्रिक अभ्यासले पार्टीको आन्तरिक जीवन कसरी हुन्छ भन्ने प्रश्न उठ्ला । मुलुकको लोकतन्त्रको च्याम्पियन हौँ भन्ने पनि यसले बताउँछ । पछिल्ला दिनमा संविधान अतिक्रमित भएको छ । लोकतान्त्रिक अधिकारमा संकुचन आएको छ । लोकतन्त्र, संविधान र अग्रगतिको पक्षमा राजनीतिक परिस्थती अनुकुल निर्माण गर्नका लागि हामी अगाडि बढ्छौं ।’
उपाध्यक्ष पौडेलले एमाले मुलुकको लोकतन्त्रको ‘च्याम्पियन’ भएको दाबी गर्दै पछिल्ला दिनमा संविधान अतिक्रमित हुँदै गएको र लोकतान्त्रिक अधिकारमा संकुचन आएको उल्लेख गरे । उनले लोकतन्त्र, संविधान र अग्रगतिको पक्षमा अनुकूल राजनीतिक परिस्थिति निर्माण गर्न पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।










प्रतिक्रिया