Logo

Breaking News 1

एमाले ११औँ महाधिवेशन : मतगणना सुरु



काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका निम्ति मतदान सकिएपश्चात् मतगणना थालिएको छ । बिहीबार बिहान करिब पौने १० बजेदेखि मतगणना सुरु गरिएको एमालेको निर्वाचन आयोगले जनाएकाे छ ।

महाधिवेशनमा कुल २,२६३ प्रतिनिधि मतदाता रहेका थिए, जसमा २,२२७ मत खसेको छ । बाँकी ३६ प्रतिनिधिले मतदानमा भाग लिएका थिएनन् ।

विद्युतीय प्रणाली प्रयोग भएकाले मतदानमा समय लागे पनि मतगणनामा धेरै समय नलाग्ने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले करिब ११ बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिरहेको छ । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् भने महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा जारी छ।

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  १० : ११ बजे