काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतदानमा अपराह्न ४ बजेसम्म करिब ७ सय मत खसेको छ ।
पार्टीको निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ मतदातामध्ये सो समयसम्म करिब एकतिहाइ मत खसेको हो । मतदान आज बिहान साढे ९ बजेदेखि सुरु भएको थियो ।
अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । दुवै उम्मेदवार आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।
भृकुटीमण्डपस्थित मतदानस्थलमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान जारी छ ।










प्रतिक्रिया