काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य रूपमा बढेको छ । नेप्से ५.७० अंकले वृद्धि भई ०.२१ प्रतिशत बढेर २६२५.७० विन्दुमा बन्द भएको छ ।
बजारमा १४३ कम्पनीको सेयर मूल्य बढ्दा १०४ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन कुल ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ५ करोड ३७ लाख २० हजार ७८२ रुपैयाँ पुगेको छ । कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम देखिएको छ ।
बुधबार स्वस्तिक लघुवित्त, एसवाई प्यानल नेपाल, नारायणी विकास बैंक, चिर्ख्वा हाइड्रोपावर र माइखोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक बढेको छ ।
यता, घट्ने कम्पनीतर्फ अधिकांश जलविद्युत कम्पनी देखिएका छन् । बाराही हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर, ईस्टर्न हाइड्रोपावर, शुभम् पावर तथा एनआईएमबी डिबेन्चर २०९० को सेयर मूल्य उच्च गिरावटमा परेको छ ।
समूहगत सूचकतर्फ बैंकिङ, हाइड्रोपावर, लगानी, जीवन बीमा, म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ, लघुवित्त, म्युचुअल फण्ड तथा अन्य समूहका सूचक बढेका छन् । होटल तथा पर्यटन र निर्जीवन बीमा समूहका सूचक भने घटेका छन् ।










प्रतिक्रिया