Logo

मुख्य समाचार

नासा सेक्यूरिटिजद्वारा ‘रोड टु टी २० वर्ल्ड कप’ क्याम्पेन सुरु, १० जना ग्राहकलाई प्रत्यक्ष खेल हेर्ने मौका



काठमाडौं। नासा सेक्यूरिटिज लिमिटेडले नेपाली क्रिकेटप्रेमीहरूका लागि ‘रोड टु टी २० वर्ल्डकप–अघि बढ्छ नेपाल’ क्याम्पेन सुरु गरेको छ।

क्याम्पेन अनुसार, ११ डिसेम्बर २०२५ देखि २९ जनवरी २०२६ सम्म नयाँ डिम्याट खाता खोल्ने ग्राहकहरू स्वतः यस क्याम्पेनमा सहभागी हुनेछन्। यस अन्तर्गत १० जना भाग्यशाली ग्राहकलाई भारतमा हुने आईसीसी मेन्स टी २० क्रिकेट वर्ल्डकप २०२६ मा नेपालले खेल्ने खेल प्रत्यक्ष स्टेडियमबाट हेर्ने अवसर दिइनेछ।

विजेताले फेब्रुअरी ७–९, २०२६ सम्मको यात्रा पाउनेछन्। ट्राभल प्याकेजमा नेपाल–भारत दुईतर्फी हवाई टिकट, फेब्रुअरी ८ का खेलको म्याच टिकट, ट्विन शेयरिङ्ग होटल बसोबास (बेड एण्ड ब्रेकफास्ट सहित), र एयरपोर्ट–होटल–स्टेडियम आवत–जावतको सुविधा समावेश छ।

विजेताहरू लक्की ड्रबाट छनोट हुनेछन्। लक्की ड्र तालिका अनुसार:

  • जनवरी २ – २ विजेता
  • जनवरी ९ – २ विजेता
  • जनवरी १६ – २ विजेता
  • जनवरी २३ – २ विजेता
  • जनवरी ३० – २ विजेता

क्याम्पेनका कुल १० विजेता यति चयन गरिनेछन्।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  २ : ०५ बजे