Logo

राजनीति

देउवासँग कोइरालाको भेट, नम्बरबिनाका क्रियाशील फाराममा ध्यानाकर्षण



काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेता डा. शेखर कोइरालाले मंगलबार (पुस १) भेटवार्ता गरेका छन्।

भेटमा क्रियाशील वितरण समितिले जिल्लामा पठाएको नम्बरबिनाका फाराम र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवालगायत विषयमा छलफल भएको छ। कोइराला सभापतिसँग फाराम फिर्ता गरी नयाँ पठाउन निर्देशन दिन आग्रह गरेका छन्।

कोइरालाका अनुसार नम्बरबिनाका फारामका आधारमा पार्टीको महाधिवेशन प्रक्रिया सुरु गर्न सकिँदैन। साथै उनले सबैको अनुशासन कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आमनिर्वाचनमा खटिन निर्देशन दिनुपर्ने धारणा राखेका छन्।

उनले २०७९ सालको निर्वाचनको गठबन्धनका विषयमा हाल कारबाही नगर्न पनि जोड दिएका स्रोतले जनाएका छन्।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  २ : ०० बजे