Logo

खेलकुद

हर्शल पाठक बने राष्ट्रिय महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक



काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा हर्शल पाठक नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार पाठकलाई टिमको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरिएको जानकारी दिएको हो। क्यानले सामाजिक सञ्जालमा “हर्शल पाठकलाई नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको छ” भनी लेखेको छ।

क्यानले यसअघि मुख्य प्रशिक्षकको पदका लागि आवेदन आह्वान गरेको थियो।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  १२ : २२ बजे