काठमाडौं। म्युजिकल ब्यान्ड ‘कुटुम्ब’ले पुस २६ गते (जनवरी १०) काठमाडौंमा लाइभ कन्सर्ट आयोजना गर्ने भएको छ। कन्सर्ट बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल कौडोलस्थित २९ रिसोर्ट एन्ड फाम हाउसमा हुनेछ।
‘कुटुम्ब लाइभ म्युजिक’ नाम दिइएको कन्सर्ट साँझ ५ बजेबाट सुरु हुने आयोजकले जनाएको छ। आयोजक तथा २९ रिसोर्ट एन्ड फाम हाउसका सञ्चालकमध्येका दिमेश श्रेष्ठका अनुसार कन्सर्टको टिकट मूल्य ५०० रुपैयाँ तोकिएको छ।
श्रेष्ठका अनुसार दर्शक व्यवस्थापन र भीड नियन्त्रणलाई ध्यानमा राख्दै सीमित संख्यामा मात्र टिकट बिक्री गरिएको हो। कन्सर्टमा ‘कुटुम्ब’ले मुख्यतः नेवारी रैथाने गीतसंगीतसहित अन्य सांगीतिक प्रस्तुति दिनेछ।
नेवारी मौलिक गीतसंगीतको प्रवर्द्धन गर्दै आएको ‘कुटुम्ब’ले यसअघि पनि स्वदेश तथा विदेशमा विभिन्न सांगीतिक कार्यक्रम गर्दै आएको छ। करिब चार करोड रुपैयाँको लगानीमा निर्माण गरिएको २९ रिसोर्ट एन्ड फाम हाउस गत वर्षदेखि सञ्चालनमा आएको आयोजकले जनाएको छ।










प्रतिक्रिया