काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत जारी चुनावी प्रक्रियामा गायिका ज्योति मगर सहभागी भएकी छन्। मंगलबार उनी काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा उपस्थित भई उपाध्यक्ष पदका उम्मेदवार पृथ्वी सुब्बा गुरुङसहितका नेताहरूको समर्थनमा प्रचारमा संलग्न भएकी हुन्।
महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया जारी रहेको छ। पार्टीका अनुसार आज दिउँसो ३ बजेदेखि विद्युतीय मतदान मेसिनमार्फत मतदान सुरु गर्ने तयारी गरिएको छ।
एमालेले नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमार्फत निर्वाचन प्रक्रिया अघि बढाएको छ।










प्रतिक्रिया