Logo

मुख्य समाचार

एमालेको विधान संशोधन: पदाधिकारी संख्या बढाइयो



काठमाडौं। नेकपा (एमाले) ले आफ्नो विधान संशोधन गर्दै पदाधिकारी संख्या बढाएको छ। आइतबार बिहान बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले संशोधन प्रस्ताव पारित गरेको हो।

संशोधनअनुसार अब एमालेका पदाधिकारी १९ सदस्यीय हुनेछन्। यसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने व्यवस्था गरिएको छ।

त्यस्तै, स्थायी कमिटी ४५ सदस्यीय, पोलिटब्युरो ९९ सदस्यीय र केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाइने निर्णय गरिएको छ।

पार्टीले महाधिवेशनबाट यो प्रस्ताव अनुमोदन गरेपछि तत्कालै बस्ने बन्दसत्रमार्फत नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १ : ३० बजे