Logo

राजनीति

एमाले महाधिवेशनको पूर्वसन्ध्यामा च्यासलमा रौनक


२६ मंसिर २०८२, शुक्रबार  

161
Shares

काठमाडौँ । नेकपा (एमाले) पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन भोलि (शनिबार)देखि सुरु हुँदैछ ।
महाधिवेशन नजिकिएसँगै पार्टी मुख्यालयमा नेता तथा कार्यकर्ताहरूको चहलपहल पनि बढेको छ । होटल, रेष्टुरेन्ट एवम पार्टी प्यालेसहरुमा प्रतिनिधिहरुको भीडभाड देखिन्छ ।
भोलिदेखि सुरु हुने महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलले उम्मेदवारी दिएका छन् ।
विभिन्न नेता तथा कार्यकर्ताहरू आफ्नो उम्मेदवारको पक्षमा खुल्न थालेपछि पार्टी कार्यालयदेखि विभिन्न काठमाडौंका होटलहरुमा चुनावी भेला भइरहेका छन् । योसँगै चुनावी माहौल तातेको छ ।
नेता ठाकुर गैरेका अनुसार २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन समारोहपछि २८ गतेदेखि भृकुटीमण्डपमा बन्द–सत्र सुरु हुनेछ । बन्द–सत्रमा राजनीतिक प्रतिवेदन, विधान प्रतिवेदन र नयाँ केन्द्रीय कमिटीको निर्वाचन प्रमुख कार्यसूची हुने जानकारी उनले दिए । शनिबार ११ बजे सल्लाहघारीमा उद्घाटनको योजना बनाइएको छ ।
यता, पार्टी कार्यालयमा नमुना भोटिङ मेसिन राखिएपछि प्रतिनिधिहरु झुम्मिएका छन् । कार्यालय परिसरमा नाचगान समेत चलिरहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ४ : ४१ बजे