Logo

समाचार

पूर्व एआईजी भण्डारी श्रममन्त्री बन्ने


२६ मंसिर २०८२, शुक्रबार  

184
Shares

काठमाडौं । पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा नियुक्त हुने भएका छन्। राष्ट्रिय पञ्चायत सदस्य लक्ष्मणसिंह भण्डारीका छोरा भण्डारी बैतडीको पाटन नगरपालिका निवासी हुन्।

नेपाल प्रहरीको एआईजी पदबाट अवकाश प्राप्त गरेका भण्डारीलाई अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‌मा समावेश गर्न सिफारिस गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले आफ्नो तोकिएको ८३ दिनको कार्यकाल बाँकी छँदा भण्डारीसहित चार नयाँ मन्त्री नियुक्तिको सिफारिस राष्ट्रपति कार्यालयमा पठाइएको छ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  १ : १८ बजे