काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट करसहित २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
कम्पनीले प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिने जनाएको छ।










प्रतिक्रिया