Logo

खेलकुद

सुदूरपश्चिम फाइनलमा, विराटनगर दोस्रो क्वालिफायर खेल्ने



काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। यससँगै सुदूरपश्चिमले लगातार दोस्रोपटक एनपीएल फाइनलमा स्थान बनाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १४.१ ओभरमै ७८ रनमा अलआउट भयो। पराजित विराटनगरले उपाधि सम्भावना जोगाइराख्न अब दोस्रो क्वालिफायर खेलेर फाइनल यात्राको प्रयास गर्नेछ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ७ : १६ बजे