Logo

मुख्य समाचार

मोरङ प्रशासनअगाडि दुर्गा प्रसाईं समर्थकको धर्ना, माग पूरा नभए आन्दोलन चर्काउने चेतावनी



विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङअगाडि धर्ना दिएका छन्। सरकारले प्रसाईंका मागप्रति बेवास्ता गरेको भन्दै उनीहरूले नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीले २० लाख रुपैयाँभन्दा कम ऋण मिनाहा, ‘जेनजी’ आन्दोलनका क्रममा पक्राउ परेकालाई तत्काल रिहा, तथा राजसंस्था पुनःस्थापनालगायत माग अघि सारे। उनीहरूले माग पूरा नभए आन्दोलनलाई अझ कडा बनाउने चेतावनी दिएका छन्।

जिल्ला प्रशासन कार्यालय वरिपरि सुरक्षाकर्मी तैनाथ गरिएका छन् भने प्रदर्शन शान्तिपूर्ण रहेको प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ३ : ३० बजे