स्याङ्जा। जबर्जस्ती करणी मुद्दामा १५ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त १३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। पुतलीबजार नगरपालिका–१४ पिपलडालीका ५७ वर्षीय मेगबहादुर भुजेललाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो।
भुजेलले २०६९ भदौ २७ गते सोही नगरपालिका–१४ स्थित वन क्षेत्रमा ११ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको घटनामा जिल्ला अदालत स्याङ्जाले २०७३ मा १५ वर्ष कैद सजाय सुनाएको थियो। सजाय सुनाइएपछि उनी फरार रहेका थिए।
प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत स्याङ्जामा पेस गरेको छ। अदालतको आदेशअनुसार भुजेललाई कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ।










प्रतिक्रिया